काठमाडौं– हावाहुरी र चट्याङको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । चट्याङ र हावाहुरीका कारण मानविय क्षति हुने जोखिम धेरै हुने भएकाले सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका हुन् ।
चट्याङ परेका बेला र हुरी चलेका बेला घर भित्रै सुरक्षित रहन मौसमविद् वरुण पौडेलको सुझाव छ । पहाडी क्षेत्रका धेरैजसो ठाउँमा आज पनि बेलुकीपख मेघगर्जनसहित चट्याङ पर्ने मौसमविद् वरुण पौडेलले बताए ।
उनका अनुसार बेलुकीपख काठमाडौंसहित केही पहाडी जिल्लाका हल्का वर्षाको सम्भावना पनि छ । पहाडी क्षेत्रमा हल्का हावाहुरी पनि चल्ने बताए ।
तराईका केही जिल्लामा भने तीव्र गतिमा हुरी चल्ने अनुमान छ । तराईका जिल्लामा लामो समयदेखि पानी परेको छैन । तर दिउँसो र बेलुकाको समयमा तीव्र गतिमा हावा चल्न थालेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar