काठमाडौं– पूर्वी रुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पूर्वी रुकुमको हुकामगाउँ वरपर केन्द्रविन्दु भएर आज बिहान २ बजेर ५९ मिनेटमा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो ।
नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको उच्च जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।
यसअघि वैशाख २८ गते बाजुराको बिछ्या केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो ।
वैशाख महिनामा मात्रै बाजुरा केन्द्रविन्दु भएर ६ पटक भूकम्प गएको तथ्याङ्क छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar