• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ ९, शुक्रबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेपाल बैंकका गार्डको बन्दुकसहितका सामाग्री चोरी

४ घण्टा अघि
२

सडकमा मकै सुकाउन सर्वदलीय सहमतिसहित अनुमति

४ घण्टा अघि
३

ट्रम्प प्रशासनद्वारा हार्वर्डको विदेशी विद्यार्थी भर्ना अधिकार रद्द

५ घण्टा अघि
४

शवदाहगृह निर्माणका लागि सिटिजन्स बैंकद्वारा सहयोग

६ घण्टा अघि
५

भिजिट भिसा प्रकरणमा संलग्न ९ कर्मचारीको सरुवा

६ घण्टा अघि
६

‘द कपिल शर्मा शो’ का चर्चित फोटोग्राफर दास दादाको निधन

७ घण्टा अघि
७

पूर्वाधार निर्माणमा माओवादीको उच्च प्राथमिकता छ : प्रचण्ड

७ घण्टा अघि
८

परराष्ट्रमन्त्री आरजु राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता

७ घण्टा अघि
९

देउवाको भनाइ भनी फैलाइएका भ्रामक समाचारप्रति काँग्रेसको खण्डन

८ घण्टा अघि
१०

अमेरिकी कलाकार जर्ज वेन्ड्टको निधन

८ घण्टा अघि
११

सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

८ घण्टा अघि
१२

राहदानी ऐन संशोधनमा परराष्ट्र मन्त्रालयले माग्यो सुझाव

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    ३ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    ३ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    ३ हफ्ता अघि
  • rajendra sir photo ४

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    ६ दिन अघि
  • deuba and janardan ५

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    ६ दिन अघि
  • oli with us ldr ६

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    ३ हफ्ता अघि
  • gagan dai ७

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    ३ हफ्ता अघि
  • hariharpur gadhi ८

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    १ हफ्ता अघि
  • cpn us sachiwalaya baithak ९

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    ३ हफ्ता अघि
  • anema sangh १०

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    ६ दिन अघि
  • लाइसेन्स लिने अहिलेको झन्झटिलो व्यवस्था अन्त्य हुने

    शुभयुग संवाददाताप्रकाशित मिति: २०८० जेष्ठ ७, आईतबार (२ साल अघि)
  • ४८७ पाठक संख्या
  • lic

    काठमाडौं – सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिने अहिलेको झन्झटिलो व्यवस्था अब अन्त्य हुने भएको छ ।

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिने झन्झटिलो प्रक्रियाको अन्त्य गर्दै अब एक हप्ताभित्र प्राप्त गर्ने व्यवस्था गर्न लागिएको बताएका छन् ।

    पूर्व अरनिको यातायात प्रालिले शनिबारदेखि सञ्चालनमा ल्याएको निःशुल्क स्कुल बस सेवाको उद्घाटन गर्दै उनले सवारी चालक अनुमतिपत्र प्राप्त गर्ने सम्पूर्ण झन्झटिलो व्यवस्थाको अन्त्य गर्न आफू लागिरहेको बताए । मन्त्री ज्वालाले भने, ‘सवारी चालक अनुमतिपत्र लिन घण्टौँ लाइन बस्नुपर्ने, सेवाग्राहीले धेरै झन्झट व्यहोर्नुपर्ने, चालक अनुमतिपत्र लिन एक वर्ष कुर्नुपर्नेजस्ता यहाँभित्रका धेरै बेथिति केलाएका छौँ, त्यसको अब अन्त्य गर्छौँ, अब हप्ता दिनमै सवारी चालक अनुमतिपत्र पाउने व्यवस्था गर्दैछौँ ।’

    नागरिकले सवारी चालक अनुमतिपत्र समयमै प्राप्त गर्नका लागि थप प्रिन्टर मेसिन खरिद गरेर लामो लाइनमा बस्नुपर्ने र लामो समय कुनुपर्ने अवस्थाको अन्त्य गर्ने प्रक्रिया अगाडि बढाएको उनले बताए । कतिपय व्यवस्थालाई परिवर्तन गर्न कानुन नै बाधक बन्ने र त्यस्ता कानुनलाई संशोधन गरेर सहज बनाउँदै लानुपर्ने बताउँदै मन्त्री ज्वालाले भने, ‘अहिले सवारी चालक अनुमतिपत्रको नवीकरण पाँच वर्षमा गर्नुपर्ने कानुनी व्यवस्था छ, त्यसलाई संशोधन गरी १० वर्ष पुर्याउने भएका छौँ, त्यसको प्रक्रिया पनि अगाडि बढाएका छौँ, स्मार्ट लाइसेन्सको अवधि २० वर्ष तर नवीकरण गर्नुपर्ने व्यवस्था पाँच वर्षमा गर्दा व्यवहारिक पनि भएन, त्यसैले अब नवीकरणलाई १० वर्षमा गर्ने व्यवस्था गर्न लागेका हौँ ।’

    सडक पूर्वाधारमा लगानी बढाएर रोजगारीका अवसर सिर्जना गरी राष्ट्रलाई समृद्धितर्फ लैजान आफू लागिरहेको बताउँदै मन्त्री ज्वालाले अर्थतन्त्रमा आएको सङ्कटका कारण पूर्वाधारका क्षेत्रमा लगानी बढाउन नसक्ने अवस्था आए पनि जनतासँग प्रत्यक्ष जोडिने सडक भएकाले सडक क्षेत्रमा लगानी बढाउने प्रयास सरकारले गरिरहेको बताए ।

    आफू मन्त्री भएर आएदेखि नै सडकलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै उनले अलपत्र र रुग्ण अवस्थामा रहेका सडकका योजनालाई टुङ्गोमा पुर्याउन मन्त्रालयले समयमै गुणस्तरीय सडक निर्माण गर्न अभियान नै थालेको बताए । उनले सार्वजनिक सवारी सुरक्षित, भरपर्दो र थप सेवामुखी बनाउन प्रतिबद्धताका साथ काम गरिरहेको भन्दै यातायात क्षेत्रमा रहेका अव्यवस्था र जटिलतालाई सुुधार्न मन्त्रालयले थालनी गरेको बताए ।सडक पूर्वाधार राम्रो नहुँदासम्म यात्रुले सुविधा पाउन नसक्ने भन्दै उहाँले सडकलाई राम्रो बनाउने र दुर्गम ठाउँसम्म सुरक्षित सवारी सेवा पुर्याउन सडक पूर्वाधारमा लगानी बढाउनुपर्नेमा जोड दिए ।

    मन्त्री ज्वालाले भने, ‘मन्त्रालयको बढी चासो सडकको स्तर राम्रो र सार्वजनिक सवारीसाधन सुरक्षित गर्नतर्फ रहेको छ, सवारी दुर्घटनाको कहालीलाग्दो अवस्थाको अब अन्त्य हुनुपर्छ, सकेसम्म दुर्घटना नै नहोस्, भइहाले पनि कोही यात्रुको ज्यान नजाने अवस्था सिर्जना गर्नुपर्छ, त्यसका लागि सबै निकायसँग सहकार्र्य र समन्वय आवश्यक छ ।

    ट्राफिक व्यवस्थापनमा कडाइ गर्नुपर्ने तर यसका नाममा सवारी चालकले अनावश्यक दुःख पाउने अवस्था सिर्जना हुनु हुँदैन भन्दै उनले ट्राफिक प्रहरीले सहजीकरण र कडाइ दुवै गर्नुपर्ने बताए । मन्त्री ज्वालाले यातायात व्यवस्थासँग जोडिएका सवालमा यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, सम्बन्धित सरोकारवालाले समन्वयात्मक ढङ्गले छलफल गर्दै समस्याको निकास निकाल्नुपर्ने औँल्याए । यातायात व्यवस्थालाई सुधार र सुदृढ गर्न तथा भरपर्दो एवं सुरक्षित बनाउनका निम्ति सम्बन्धित सवालमा मन्त्रालयको सीमाभित्र रहेर महानगरपालिका, नगरपालिका ट्राफिक प्रहरी र अन्य मन्त्रालय तथा निकायसँग जोडिएर समन्वयन गरिरहेको उनले बताए ।

    कार्यक्रममा पूर्व अरनिको यातायात प्रालिका अध्यक्ष केदार खत्री क्षेत्रीले विगत ५० वर्षदेखि कोटेश्वरपूर्वका जिल्लामा सार्वजनिक यातायातको सेवा दिँदै आएको प्रालिले श्रमिकका छोराछोरीका लागि निःशुल्क पठनपाठनको व्यवस्था गर्दै आएको र शनिबारदेखि तिनै मजदुरका छोराछोरीका लागि निःशुल्क चारवटा स्कुल बस सञ्चालनमा ल्याएको बताए । चालक, सहचालकका छोराछोरीलाई निःशल्क पठनपाठनको व्यवस्था गर्दै आएकामा शनिबारदेखि निःशुल्क बस सेवा सञ्चालन गरेको बताउँदै उनले मजदुरका छोराछोरी पनि डाक्टर, इञ्जीनियर बनाउन लागिरहेको बताए ।

    उनले भने, ‘कोटेश्वरपूर्वका लागि जडीबुटीमा १४ रोपनी जग्गा भाडामा लिएर तीन करोडको लगानीमा १५ वर्षका लागि बसपार्क बनाउँदैछौँ, तर काठमाडौँ महानगरपालिकाले टिकट काउन्टर र यात्रु चढ्ने तथा ओर्लन नपाउने निर्णय गरेर जटिलता ल्याएको छ, महानगरले गर्दा जडीबुटीबाट कोटेश्वरसम्म बिहान ५ बजे यात्रुहरू अलपत्र पर्ने गरेका छन् ।’ कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई, काठमाडौँ उपत्यका ट्राफिक महाशाखाका प्रमुख पोषराज पोखरेललगायतले यातायात व्यवस्थाभित्र रहेका समस्यालाई समाधान गर्न आवश्यक रहेको औँल्याए ।त्यस अवसरमा दुर्घटनामा निधन भएका अरनिको यातायात प्रालिका बस चालक कृष्णराम कोजूकी पत्नी लक्ष्मी कोजूलाई प्रालिको तर्फबाट १० लाख सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

  • subhayug
  • subhayug tv
  • subhayug.com
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • नेपाल बैंकका गार्डको बन्दुकसहितका सामाग्री चोरी

  • सडकमा मकै सुकाउन सर्वदलीय सहमतिसहित अनुमति

  • शवदाहगृह निर्माणका लागि सिटिजन्स बैंकद्वारा सहयोग

  • भिजिट भिसा प्रकरणमा संलग्न ९ कर्मचारीको सरुवा


  • समाचार
  • १

    नेपाल बैंकका गार्डको बन्दुकसहितका सामाग्री चोरी
    ४ घण्टा अघि

  • २

    सडकमा मकै सुकाउन सर्वदलीय सहमतिसहित अनुमति
    ४ घण्टा अघि

  • ३

    ट्रम्प प्रशासनद्वारा हार्वर्डको विदेशी विद्यार्थी भर्ना अधिकार रद्द
    ५ घण्टा अघि

  • ४

    शवदाहगृह निर्माणका लागि सिटिजन्स बैंकद्वारा सहयोग
    ६ घण्टा अघि

  • ५

    भिजिट भिसा प्रकरणमा संलग्न ९ कर्मचारीको सरुवा
    ६ घण्टा अघि

  • ६

    ‘द कपिल शर्मा शो’ का चर्चित फोटोग्राफर दास दादाको निधन
    ७ घण्टा अघि

  • ७

    पूर्वाधार निर्माणमा माओवादीको उच्च प्राथमिकता छ : प्रचण्ड
    ७ घण्टा अघि

  • ८

    परराष्ट्रमन्त्री आरजु राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता
    ७ घण्टा अघि

  • ९

    देउवाको भनाइ भनी फैलाइएका भ्रामक समाचारप्रति काँग्रेसको खण्डन
    ८ घण्टा अघि

  • १०

    अमेरिकी कलाकार जर्ज वेन्ड्टको निधन
    ८ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    harihar sibir
    ४ दिन अघि

    सिन्धुलीको हरिहरपुरगढीमा एकीकृत घुम्ती शिविर सुरु

    सामाजिक सञ्जालबाट
    १

    ट्रम्प प्रशासनद्वारा हार्वर्डको विदेशी विद्यार्थी भर्ना अधिकार रद्द

    subhayug
    २

    ‘द कपिल शर्मा शो’ का चर्चित फोटोग्राफर दास दादाको निधन

    subhayug
    ३

    अमेरिकी कलाकार जर्ज वेन्ड्टको निधन

    subhayug
    ४

    दक्षिण अफ्रिकालाई ट्रम्पको चेतावनीपूर्ण आरोप

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution