काठमाडौं– सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसलाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
नागरिक उन्मुक्ति पार्टी भने सरकारमा सहभागी भएको छैन । नेपाली कांग्रेसबाट बझाङका पृथ्वीबहादुर सिंहले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
यस्तै, माओवादी केन्द्रबाट झपट साउद सामाजिक विकास मन्त्री र रमेश धामी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री तथा गीतादेवी माल उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बनेका छन् ।
कमलबहादुर शाह गएको माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar