काठमाडौं– जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजमा यात्रुले मुसा देखेपछि उडान स्थगित गरिएको छ ।
शनिबार बिहान सवा ९ बजे काठमाडौं उड्न लागेको जहाजमा यात्रुले मुसा देखेपछि उडान रोकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उक्त जहाज साढे ८ बजे जनकपुरमा पुगेको थियो ।
तर जहाज काठमाडौंको लागि उड्ने बेलामा यात्रुले मुसा देखेको प्रवक्ता निरौलाले बताए। उक्त जहाजमा ४९ जना यात्रु बोर्डिङ भइसकेका थिए ।
जहाजमा मुसा देखिएको खबर पाएपछि काठमाडौंबाट इन्जिनियरको टोली जनकपुर जाने तयारीमा छन्। इन्जिनियरहरूले जहाजको परीक्षण गरेपछि मात्रै उडान गरिने उनले बताए ।
जहाज त्यहीँ राखेर यात्रुलाई अर्को जहाजबाट ल्याउने तयारी भइरहेको निरौलाले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar