काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभासद आङ्टावा शेर्पालाई अदालतले दुई दिन थुनामा राख्न अनुमति दिएको छ । भुटानी शरणार्थीको कोटामा नेपाली नागरिकलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा प्रहरीले शेर्पाबारे अनुसन्धान गरिरहेको छ ।
प्रहरीले शरणार्थी प्रकरणमा शेर्पाविरुध्द पनि अनुसन्धान थालेपछि उनले सोमबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौंमा आत्मसमर्पण गरेका थिए । आज प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको थियो ।
अदालतले शेर्पालाई २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दान बहादुर कार्कीले बताए ।
२०७० मा रामेछाप–१ बाट संविधानसभा सदस्यमा निर्वाचित शेर्पा कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् । शरणार्थी प्रकरणमा थुनामा रहेका केशव दुलाल र सानु भण्डारीसँग आङ्टावाले हिरासतमा पुगेर भेट गरेका थिए । दुलाल र भण्डारी २०७९ चैत १२ देखी हिरासतमा छन् ।
आङ्टावाले मोरङ घर भएका दुलाललाई प्रहरी वृत्त कालीमाटी र ललितपुर घर भएका सानु भण्डारीलाई प्रहरी वृत्त जनसेवाको हिरासतमा पुगेर भेटेका हुन् । भेटमा शेर्पाले आरोपीहरूलाई बयान गर्दा पूर्व गृहमन्त्री बालकृष्ण खाँणको नाम नलिन आग्रह गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूको दाबी छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar