काठमाडौं– भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर प्राप्त भएको नेपाल आयल निगमले जनाएको छ ।
आज प्राप्त नयाँ मूल्यसूचीमा डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ भन्दा केही बढी र पेट्रोलको मूल्य करिब साढे ९ रुपैयाँले घटेर आएको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिए ।
आईओसीले डिजेटल र पेट्रोलको मूल्य हरेक १५ दिनमा र अन्य पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची १÷१ महिनामा पठाउने गरेको छ ।
आईओसीले पठाएको नयाँ मूल्यसूची अनुसार उपभोक्ता मूल्य के हुने भन्नेबारे छलफल र प्रस्ताव तयार भइरहेको निगमका प्रवक्ता ठाकुले बताए । सञ्चालक समितिले उपभोक्ता मूल्य घटाउने वा नघटाउने निर्णय गर्ने उनले बताए ।
हाल डिजेलको उपभोक्ता मूल्य प्रतिलिटर १६५ रुपैयाँ र पेट्रोलको १७५ रुपैयाँ रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar