काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको बयान सकिएको छ ।
सोमबार अबेर रातिसम्म गरेर रायमाझीको बयान सकिएको सरकारी वकिल कार्यालय प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए ।
रायमाझी आइतबार साँझ काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ परेका थिए। उनलाई सोमबार काठमाडौं जिल्ला अदालतले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।
न्यौपानेका अनुसार रायमाझीको बयान दिउँसो ४ बजेदेखि सुरू भएको थियो । पूर्वगृहमन्त्री बालकृष्ण खाणको पनि सोमबार नै बयान सुरू भएको थियो । तर अस्वस्थ भएकाले उनको बयान सकिएको थिएन । उनको जम्मा डेढ घण्टामात्रै बयान भयो ।
खाणको आज पनि बयान लिने प्रहरी र सरकारी वकिलको तयारी छ ।
खाणबाहेक यो प्रकरणमा पक्राउ परेका सबैको बयान सकिसकेको छ। प्रहरीले गत बुधबार नै मैजुबहालस्थित निवासबाट पक्राउ गरेको खाणको छैटौं दिनमा मात्रै बयान लिएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar