काठमाडौं– बैंकिङ कसुर मुद्दाका फरार एकजना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । रौतहट घर भएका ३२ वर्षीय उत्तरमान गोलेलाई भक्तपुरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रबिन्द्र रेग्मीले बताए ।
उच्च अदालत पाटनले २०७९ मंसिर १३ मा गोलेलाई २ दिन कैद र चार लाख साठी हजार जरिवाना हुने फैसला गरेको थियो । आरोपी भक्तपुरको ठिमीमा बस्दै आएका थिए । अभियुक्तलाई प्रहरीले जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar