एजेन्सी– अफ्रिकी मुलुक केन्यामा भोकै बसेका कारण मृत्यु हुनेहरुको धमाधम शव पेला पर्न थालेको छ ।
केन्याको शाकाहोला जंगलमा गाडिएको अवस्थामा थप २२ जनाको शव फेला परेपछि भोकै बसेकाहरुको विगत १५ दिनमा मृत्यु हुनेको संख्या २ सय १ पुगेको छ । हालै भेटिएको २२ वटा शवमा १२ बालबालिका रहेका छन् ।
केन्याका एक चर्चका नेता पाउल म्याकेन्जीले आफ्ना अनुयायीहरूलाई भोकै बसेमा ईश्वरसँग भेट हुने बताएपछि उनीहरु भोक–भोकै बसेका हुन् । ट्याक्सी चालकबाट प्रचारक बनेका म्याकेन्जले भविष्यवाणी गर्दै आफना सयौं अनुयायीहरुलाई भोकै बस्न बाध्य तुल्याएका थिए ।
हाल प्रहरी हिरासतमा रहेका म्याकेन्जलाई केन्याको अदालतले जमानत अस्वीकार गरेको छ । केन्याका राष्ट्रपति विलियम रुटोले मृत्यु प्रकरणमा संलग्न ती व्यक्तिलाई हदैसम्मको कारबाही हुने बताउँदै देशमा यस्ता किसिमको गतिविधि हुन नदिन सबैलाई सचेत गराएका छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar