काठमाडौं– काठमाडौंको टोखामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।
शनिबार राति टोखा नगरपालिका–८ बस्ने मोतीमाया पौडेलको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए ।
उनको हत्या आरोपमा प्रहरीले धनकुटा चौबिसे गाउँपालिकाका ५५ वर्षीय निङमा शेर्पालाई पक्राउ गरेको हो। उनलाई प्रहरीले शनिबार राति नै पक्राउ गरेको हो ।
एसपी रिजालका अनुसार उनीहरूबीच झगडा भएको थियो ।
शेर्पाले रक्सी खाएर श्रीमती पौडेलमाथि कुटपिट गरी हत्या गरेको आरोप छ। कुटपिटबाट पौडेलको घटनास्थलमै मृत्यु भएको थियो ।
उक्त खबरपछि प्रहरी वृत्त महाराजगन्जबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar