काठमाडौं– प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक अहिले बसिरहेको छ ।
प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल भइरहेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भइरहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रभावशाली नेताहरुसमेत मुछिन थालेपछि यी प्रमुख दलका शीर्ष नेताहरुबीच पटक–पटक छलफल र भेटघाट हुँदै आएको छ । तर भेटमा छलफल भएका विषय सार्वजनिक गरिएको छैन ।
तीन दलका शीर्ष नेताहरुमात्र पटक–पटक छलफलमा बस्दा शंका उत्पन्न भएको रास्वपाका सभापति रवि लामिछानेले बताएका थिए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar