२०८१ आश्विन ३०, बुधबार
एजेन्सी– भारतको उड्डयन नियामक निकायले एअर इन्डियालाई ३० लाख भारतीय रुपैयाँ (३६ हजार ४ सय ९६ अमेरिकी डलर) जरिबाना गरेको छ ।
भारतीय एअरलाइन्स एअर इन्डियाका विमान चालकले उडानका क्रममा आफ्ना साथीलाई ककपिटभित्र छिर्न दिएर सुरक्षा मापदण्ड उल्लङ्घन गरेको पाइएको हो ।
भारतीय नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) का अनुसार दुबई–दिल्ली उडानका चालक दलका सदस्यले गएको फेब्रुअरीमा उजुरी दिएपछि घटनाको अनुसन्धान गरिएको थियो ।
डीजीसीएले पाइलटको लाइसेन्स पनि तीन महिनाका लागि निलम्बन गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar