धादिङ– त्रिभुवन राजपथ अन्तर्गत धादिङको धुनिबेशी–९ गणेश मन्दिर नजिकै गुडिरहेको बसमा आगलागी भएको छ ।
धादिङको खाल्टेबाट काठमाडौंतर्फ जाँदै गरेको ग १ ख ४८४६ नम्बरको यात्रु बाहक बसमा सर्ट सर्किट भै आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एवम् प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
बसमा ३३ जना यात्रु सवार थिए । यात्रु सबै सकुशल छन् । बसको सिट, भित्रको पार्ट, बाहिर पनि जलेको छ ।
बसको इन्जिनबाट धुँवा निस्किने बित्तिकै बस रोकेर यात्रुलाई बाहिर निकालेका कारण मानवीय क्षति भने नभएको एसपी मिश्रले बताए । राजमार्ग क्षेत्रमा रहेको दमकल, प्रहरी, स्थानीयवासीले आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar