धादिङ– जिल्ला प्रहरी कार्यालय धादिङले कर्तव्य ज्यान मुद्धामा आमा छोरा सहित तीन जनालाई पक्राउ गरेको छ ।
होटलमा खाजा खान आएका विनोद थापा मगरलाई हत्या गरेको आरोपमा धादिङको गल्छि गाउँपालिका–८ मा रहेको शानदार होटल एण्ड लजकी संचालिका सरस्वती पनेरु पण्डित, उनका छोरा निरज पण्डित र किरण रानालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एवम् प्रहरी उपरिक्षक गौतम मिश्रले बताए ।
बुधबार राति ११ः४५ वजेको घटना हो । होटलमा खाजा खान आएका विनोद र होटल सञ्चालिका सरस्वतीविच पैसाका कारण विवाद उत्पन्न भएपछि घटना घटेको थियो । सरस्वती र मृतक विनोदको सामान्य भनाभन भयो । सरस्वतीले छोरा निरजलाई बोलाएपछि किरण रानालाई साथमा लिएर आएका थिए । उनले भने,–‘विनोदलाई ५÷७ मुक्का प्रहार गरी निरजले साथमा ल्याएको फोल्डिङ वाला छुरा प्रहार गरी घाईते बनाएको अनुसन्धानबाट खुलेको छ । घाइते विनोदको काठमाडौंस्थित नर्भिक अस्पतालमा बैशाख २८ गते राति १ः४५ बजे उपचारको क्रममा मृत्यु भएको हो ।’
घट्नामा प्रयोग भएको छुरा घट्नास्थल देखि ३० मिटर तल त्रिशुली नदितर्फको किनारमा शुक्रबार बिहान प्रहरीले फेला पारेको छ । अभियुक्तले सनाखत गरिसकेपछि बरामद गरिएको उनले बताए ।
४७ वर्षीय आमा सरस्वती पनेरु पण्डित, २६ वर्षिय छोरा निरज पण्डित र पाल्पा तानसेन नगरपालिका १४ घरभई हाल गल्छी–८ बस्दै आएका ३० वर्षिय किरण रानालाई कर्तव्य ज्यान मुद्धामा धादिङ अदालतबाट तीन दिनको म्याद थप अनुमति लिई अनुसन्धान भैरहेको एसपी मिश्रले बताए ।
त्यस्तै सरस्वती पनेरुले केटीहरुलाई डर, त्रास, प्रलोभनमा पारी वेश्यावृद्धीमा लगाई मानव बेचबिखन गरेको उजुरीको आधारमा मानव बेचबिखन तथा ओसारपसार मुद्धामा समेत म्याद थप गरिएको पत्रकार सम्मेलन गरी एसपी मिश्रले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar