२०८१ आश्विन २७, आईतबार
एजेन्सी– दक्षिणपूर्वी इथियोपियामा हैजाका कारण ज्यान गुमाउनेको संख्या ९४ पुगेको छ । संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (यूएनओसीएचए) ले दिएको पछिल्लो विवरण अनुसार ज्यान गुमाउनेको संख्या ९४ जना पुगेको हो ।
हैजा प्रभावित क्षेत्रमा ४१ वटा उपचार केन्द्र र इकाइ सञ्चालन गरिएको छ । यूएनओसीएचएले इथियोपियामा हैजा महामारीकै रुपमा फैलन सक्ने चेतावनी दिएको छ ।
विशेष गरी सुरक्षित खानेपानीको आपूर्ति र सरसफाइमा देखिएको कमजोरीका कारण त्यहाँ हैजाको जोखिम उच्च छ । यूएनओसीएचएले मुखबाट दिइने हैजा खोपको दायरा फराकिलो बनाउनुपर्ने र त्यसका लागि थप कोषको आवश्यकता रहेको पनि जनाएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar