२०८१ आश्विन २७, आईतबार
काठमाडौं– अमेरिका पठाइदिन्छु भन्दै ३५ लाख रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका– १० घर भई हाल काठमाडौं महानगर– १५ बस्दै आएका ५६ वर्षीय ओम शाक्य रहेका छन् ।
काठमाडौं अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई कालिमाटीबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।
उनले पीडित पासाङ ल्हामु शेर्पालाई अमेरिका पठाइदिन्छु भन्दै २० लाख र पटक पटक गरी १५ लाख गरी ३५ लाख रकम लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar