२०८१ आश्विन ३०, बुधबार
काठमाडौं– मधेस प्रदेशको ८ वटै जिल्लाको जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजीविरुद्ध उजुरी दिनेको भिड लागेको छ । सुदखोर साहुहरुविरुद्ध उजुरी दिन मिटरब्याजी पीडितहरुको प्रशासन कार्यालयमा भिड लागेको हो ।
सरकारले तीन सदस्यीय आयोग गठन गरेर मीटरब्याज पीडितको समस्या समाधान गर्न उजुरी माग गरेको १२ दिनमा ३ हजार ७६९ उजुरी प्राप्त भएको जिल्ला प्रशासन कार्यालयका अधिकारीहरुले बताएका छन् ।
जसमा धनुषामा ८१३, सर्लाहीमा ६३८, पर्सामा ६००, सिरहामा ४४३, महोत्तरीमा ३९३, सप्तरीमा ३८२, बारामा ३०० र रौतहटमा २०० उजुरी दर्ता भएको प्रशासन कार्यालयका अधिकारीहरुले जनाएका छन् ।
आयोगले मिटरब्याज पीडितहरुलाई वैशाख १७ देखि ३१ गतेसम्म जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गर्न आग्रह गरेको थियो । यस्तै आयोगले ७ दिन म्याद थप गरेको छ । अब पीडितहरुले जेठ ७ गतेसम्म उजुरी दर्ता गराउनसक्ने छन् । त्यसपछि जिल्ला प्रशासन कार्यालयहरुले आयोगमा अध्यावधिक गर्नेछन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar