काठमाडौं– बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा कृषिविज्ञ मदन राईलाई प्रहरीले पक्राउ गरेको छ ।
राईमाथि ‘शुभद्रा मदन फाउन्डेसन’ मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको आरोप छ ।
उनलाई फाउन्डेसनबाटै आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक मञ्जील मुकारूङले राईलाई बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
फाउन्डेसनका संस्थापक समेत रहेका ७५ वर्षीय मदनले ती बालिकाहरुको संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको किशोरीहरूले बताएका थिए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar