काठमाडौं– गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि व्यावसायिक उडान सुरु भएको छ । नेपाल वायुसेवा निगमको डीएचसी–६ ट्वीनअटर जहाजले आज बिहानदेखि व्यावसायिक उडान सुरु गरेको हो ।
आज बिहान साढे ६ बजे काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको निगमको डीएचसी–६ ट्वीनअटर जहाज बिहान साढे सात बजे रेसुङ्गा विमानस्थलमा सफल अवतरण भएको थियो ।
नियमित उडान भरेर पहिलो पटक रेसुङ्गा विमानस्थल पुगेका यात्रुहरुलाई रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले स्वागत गरेका थिए । अहिले प्रति यात्रु छ हजार पाँच सय रुपैयाँ भाडा दर तय गरिएको छ ।
रेसुङ्गा विमानस्थलमा यसअघि तीन पटकसम्म परीक्षण उडान गरिएको थियो । विमानस्थल निर्माणको काम १७ वर्षमा सम्पन्न भएको हो । कुल ३५ करोड रुपैयाँ लागतमा सम्पन्न भएको यो विमानस्थल एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar