२०८१ आश्विन ३०, बुधबार
काठमाडौं– जाजरकोटको भेरी नगरपालिका–७ मा आगो निभाउने क्रममा जलेर सामुदायिक वनका अध्यक्षको ज्यान गएको छ ।
हिजो दिउँसो सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा पातिहाल्न सामुदायिक वनका अध्यक्ष दलजित कार्कीको जलेर ज्यान गएको भेरी नगरपालिका ७ का वडाध्यक्ष दीपबहादुर शाहीले जानकारी दिए ।
उनका अनुसार हिजो दिउँसो सामुदायिक वनमा आगो निभाउन खोज्दा जलेर घाइते भएका कार्कीको उपचारका लागि अस्पताल लैजाने तयारी गर्दै गर्दा ज्यान गएको हो । गाउँलेहरुको प्रयासमा डढेलो गएराति निभाइएको छ ।
यसअघि गएको मङ्गलवार अर्घाखाँचीमा आगलागी हुँदा एकै गाउँका चार जनाको ज्यान गएको थियो । यस्तै, दैलेखमा अस्ति बुधवार वनमा लागेको डढेलोमा परेर एक जनाको ज्यान गएको थियो भने जलेर घाइते भएका सात जनाको उपचार भइरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar