२०८१ आश्विन ३०, बुधबार
काठमाडौं– नेपाल राष्ट्र बैंकले रोजगारीको खोजीमा बिदेसिने युवाको संख्या ५१.५ प्रतिशतले बढेको जानकारी दिएको छ ।
आज चालू आर्थिक वर्षको ९ महिनाअवधिमा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गर्दै केन्द्रीय बैंकले वैदेशिक रोजगारीमा जानेहरुको संख्या ५१.५ प्रतिशतले बढेको जानकारी दिएको हो ।
‘समिक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृती लिने नेपालीको संख्या ३ लाख ८७ हजार ८३९ पुगेको छ,’ केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख गरिएको छ, ‘यो ५१.५ प्रतिशतको वृद्धि हो ।’
यस्तै, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृती लिन नेपालीको संख्या समेत ५.५ प्रतिशतले बढेको छ ।
यससँगै, पुनः श्रम स्वीकृती लिने नेपालीहरुको संख्या २ लाख १७ हजार ९५९ जना पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९९.९ प्रतिशतले बढेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar