२०८१ आश्विन ३०, बुधबार
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता राजेन्द्र लिङदेनले नक्कली भुटानी शरणार्थी प्रकरण भ्रष्टाचारको विषयमा मात्र नभई ठगी, राज्यविरुद्धको अपराध, सङ्गठित अपराध र सरकारी कागज किर्ते सम्बन्धी जघन्य अपराध भएको बताएका छन् ।
प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद लिङदेनले यो प्रकरणमा सरकारले हालसम्म गरेको काम कारबाहीबारे जानकारी गराउन पनि उनले माग गरे ।
उनले भने–‘नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको चर्चा परिचर्चा भइरहेको छ यो केबल आर्थिक भ्रष्टाचार वा अङ्कसँग जोडिएको मात्र भ्रष्टाचार हैन । यो ठगी, राज्यविरुद्धको अपराध, संगठित अपराध र सरकारी कागज किर्ते सम्बन्धी अर्थात यो एक प्रकारको जघन्य अपराध हो । यसमा संलग्न कुनै पनि मानिसलाई छुट दिने कल्पना त कुरै नगरौँ यसलाई कुनै पनि बहानामा कमजोर बनाउने, यसबाट कसैलाई उन्मुक्ति दिने काम सरकारले गर्न हुँदैन ।’
पत्रपत्रिकामा ठुलठुला मानिसको नाम आइरहेको छ, अनुसन्धानको बारेमा अनेक आशङ्काहरू आइरहेका छन् । शीर्षस्थ नेताहरूको बैठकलाई समेत सर्वसाधारणले आशङ्काले हेरिरहेका छन् ।’
त्यसबारेमा के भइरहेको भन्ने बारेमा संसद्लाई जानकारी गराउन लिङदेनले आग्रह गरे । यसबारे अहिलेसम्म सरकारले गरेको कारबाही र उनीहरूमाथिको कारबाहीबारे जानकारी गराउन सभामुखलाई रुलिङ गराउन माग गरे । सभामुख देवराज घिमिरेले सांसद लिङदेनले उठाएको विषयप्रति सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar