२०८१ आश्विन २७, आईतबार
एजेन्सी– मङ्गलवार दिउँसो भएको इमरान खानको गिरफ्तारीपछि पाकिस्तानमा विभिन्न स्थानमा हिंस्रक प्रदर्शन भइरहेका छन् । प्रदर्शनमा आगजनीसमेत भइरहेको छ ।
इमरानलाई रातारात इस्लामाबादस्थित प्रहरी लाइनको मुख्यालयमा ट्रान्सफर गरिएको छ । मुख्यालयलाई सब–जेलमा परिवर्तन गरिएको छ । नेशनल एकाउन्टिबिलिटी ब्युरो (न्याब) को अदालती सुनुवाइ पनि गेस्ट हाउसमा सञ्चालन भइरहेको छ ।
यो घटनामा अब अमेरिकाले पहिलो पटक प्रतिक्रिया दिएको छ । ह्वाइट हाउसकी प्रेस सचिव केरिन जेन–पियरेले अमेरिकालाई पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको गिरफ्तारीबारे जानकारी भएको बताएकी छिन् ।
बुधवार न्याबको अदालत गेस्ट हाउसमा नै भारी सुरक्षाबीच सञ्चालन गरियो । इमरान खानलाई यहाँ नै पेस गरिनेछ । न्याबले इमरान खानको १४ दिनका हिरासत माग गर्न सक्छ ।
इस्लामाबाद उच्च अदालतले मङ्गलवार अबेर राती इमरान खानको गिरफ्तारीलाई वैध बताएको छ । तहरिक–ए–इन्साफका नेता फवाद चौधरीले उच्च अदालतको निर्णयलाई हैरान गर्ने खालको बताउँदै यो निर्णयलाई सर्वोच्च अदालतमा चुनौती दिइने बताएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar