२०८१ आश्विन ३०, बुधबार
काठमाडौं – प्रि-बजेटका बारे सांसदहरूले उठाएका जिज्ञासाहरु बारे आज अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधीसभा बैठकमा जवाफ दिँने कार्यसूची छ ।
गत आइतबारको प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकको निर्णय अनुसार तीन दिनसम्म सांसदहरूले राखेका प्रि-बजेटका बारेमा उठाएका जिज्ञासाको आज अर्थमन्त्री महतले जवाफ दिन लागेका हुन् । प्रि-बजेटका बारेमा सांसदहरूले आ-आफ्नो धारणा राखिसकेका छन् ।
अर्थमन्त्री महतले राष्ट्रिय सभामा सासदहरुले उठाएका सवालको जबाफहरू भने हिजै दिइसकेका छन् । उनले जवाफ दिने क्रममा सामाजिक सुरक्षा भत्ता नकाटिने जनाउँदै विश्वस्त हुन आग्रह गरेका छन् ।
संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पुर्व सन्ध्यामा प्रि-बजेटका बारेमा सदनमा छलफल भएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar