२०८१ आश्विन ३०, बुधबार
काठमाडौं– प्रमुख दलका तीन शीर्ष नेताबीच संसद्मा विचाराधीन विधेयकका बारेमा छलफल भएको छ ।
आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको छलफलबारे तीन नेताले कुनै प्रतिक्रिया नदिए पनि संसद्मा विचाराधीन विधेयक, प्रधानन्यायाधीश नियुक्तिमा अपनाइने विधि लगायतका विषयमा कुराकानी भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्तापक्ष र प्रतिपक्षका नेताहरू नै जोडिएका सामाचारहरु सार्वजनिक भइरहेका बेला तीन नेताबीच भएको भेटमा त्यसबारे कुनै छलफल नभएको प्रधानमन्त्रीको सचिवालयको दाबी छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले तीन नेताबीच सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटबारे कुराकानी भएको जानकारी दिए । उनले भुटानी शरणार्थीबारे कानुन अनुसार सरकार अघि बढ्ने भन्दै कसैले हस्तक्षेप गर्ने विषय नभएको बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar