काठमाडौं– पोखरामा परराष्ट्र मन्त्रालयमा कार्यरत एक जना कर्मचारी मृत फेला परेका छन् ।
आज बिहान साढे ८ बजेतिर बेगनास ताल किनारमा उदयपुर घर भएका ३१ वर्षीय अनुप भण्डारी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।
उनी तालको किनारमा घोप्टो परेको अवस्थामा फेला परेका थिए । डिएसपी विकका अनुसार उनी परराष्ट्र मन्त्रालयको राहदानी विभागको भेरिफिकेशन काउन्टरमा कार्यरत नायब सुब्बा हुन् ।
उनको मृत्यु कसरी भएको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar