२०८१ आश्विन ३०, बुधबार
बझाङ – बझाङमा यार्सागुम्बा सङ्कलन गर्ने क्रममा हिमपहिरोमा परि बेपत्ता भएकी महिलाको शव फेला परेको छ ।
सुर्मा गाउँपालिका–१ बेवडी घर भएकी ३२ वर्षीया झल्ला देवी बोहरा हिमपहिरोमा परि वैशाख १९ गते मङ्गलवारदेखि बेपत्ता भएकी थिइन् । सुर्मा गाउँपालिकाको पार्थी हिमालको वनमा यार्सा सङ्कलन गर्न गएको ९ गते उनी गएकी थिइन् ।
२÷३ दिनदेखि लगातार पानी सँगै हिमपात भएपछि उनी घर फर्किने क्रममा हिमपहिरोमा परेर बेपत्ता भएकी हुन् । उनको शव आज मात्रै फेला परेको वडा नम्बर १ का वडा अध्यक्ष दिनेश बहादुर बोहराले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar