काठमाडौं– सिटी होटेलले आजदेखि सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेकाहरूलाई बाँडफाँड गरेपछि सर्वसाधारणलाई आईपीओ बिक्री खुलाएको हो ।
कम्पनीले जारी पुँजी १ खर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशतका दरले आईपीओ बिक्री खुलाउने निर्णय गरेको थियो । सोअनुसार प्रतिकित्ता १०० रुपैयाँ अङ्कित १६ लाख ७४ हजार कित्ता सेयर बिक्री खुलाएको हो ।
यसमध्ये वैदेशिक रोजगारीमा गएकाहरूलाई १ लाख ६७ हजार ४०० कित्ता सेयर बिक्री गरिसकेको छ । यस्तै, सामूहिक लगानी कोषलाई ८३ हजार ७०० कित्ता र कर्मचारीलाई ६६ हार ९६० कित्ता सेयर बिक्री गरिसकेको छ ।
कम्पनीले बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता सेयर सर्वसाधारणलाई बिक्री खुलाएको हो । यो सेयरमा यही वैशाख २८ गतेसम्म आवेदन दिन सकिनेछ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar