काठमाडौं– हिमपहिरोमा परी बेपत्ता भएकाहरूको खोजीका लागि नेपाली सेनाको हेलिकप्टर मुगु पुगेको छ ।
शुक्रबार मुगुको च्यार्खु पाटनमा यार्सा टिप्न गएकाहरु हिमपहिरोमा परेर बेपत्ता भएका थिए । यद्यपि घटना भएको शनिबार मात्र थाहा भएको थियो । आज बिहानै बेपत्ताहरूको खोजी कार्यका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मुगु पुगेको हो ।
मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाका अनुसार हिमपहिरोमा परी ३ जना बेपत्ता भएका छन् । हिमपहिरोमा परी जुम्लाको पातारासी गाउँपालिका–२ जुम्ला तल्फीगाउँका ३६ वर्षीय पुन्न सार्की र ४० वर्षीय तारासिंह सार्की र ३६ वर्षीय वीरबहादुर बोहोरा बेपत्ता भएका हुन् ।
हेलिकप्टर मुगु पुगेर पहिलो चरणमा दुईजना सुरक्षाकर्मी लिएर घटनास्थलतर्फ गएको उनले बताए । अब फर्किएर पुनः थप सुरक्षाकर्मी लगेर घटनास्थलतर्फ जाने छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar