काठमाडौं – नेपाली नागरिकहरुलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै ठगी गरेको प्रकरणमा नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवा र मन्जु खाणको समेत सम्लग्नता देखिएको छ ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी राणा र गृहमन्त्री बालकृष्ण खाणकी श्रीमती मञ्जुले साढे दुई करोड र ६ करोड रकम लिएको दाबी गरिएको अडियो सार्वजनिक भएसंगै उक्त प्रकरणमा उनिहरुको समेत समेत सम्लग्नता देखिएको हो । अडियोमा सरुवाबारे असन्तुष्ट एक व्यक्तिसँग भएको कुराकानी सुनिन्छ। अडियोमा कुरा गर्ने दुवै व्यक्तिको पहिचान नभए पनि प्रसंग नक्कली भुटानी शरणार्थीकै बारेमा भएको प्रष्ट बुझिन्छ।
अनावश्यक रूपमा सरुवा गरेर पैसा लिन खोजेको, दुहुनो गाई बनाएको भन्दै एक व्यक्तिले भनेका छन्, ‘आरजु राणालाई साढे दुई करोड गृहमन्त्री बालकृष्ण खाणका लागि मञ्जु खाणलाई हनुमानथानको घरमा ६ करोड बुझाएकै हो। प्रमाण छ नि मसँग।’
यही प्रकरणमा पूर्व गृहमन्त्री रामबहादुर थापा बादलको छोरा प्रतीक अनि पूर्वमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी फरार रहेका छन्।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar