काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरको सम्पूर्ण हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको छ । प्राधिकरणले शुक्रबार संखुवासभामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनाको विषयलाई लिएर एयरसँग रहेका अन्य हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको हो ।
प्राधिकरणले अर्को सूचना जारी नभएसम्मका लागि सिम्रिकका सबै उडानमा प्रतिबन्ध लगाएको बताएको छ । सूचनाअनुसार अन्य हेलिकप्टरको परीक्षण तथा कम्पनीको विषयमा अडिट नहुँदासम्मका लागि उडान हुने छैनन् ।
शुक्रबार माथिल्लो अरुणको सामान पु¥याएर फर्किदा सिम्रिकको हेलिकप्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा क्याप्टेन सुरेन्द्र पौडेल, सहयोगी मनोज थापा, छिरिङ भोटे र विद्युत प्राधिकरणका कर्मचारी विक्रम गुरुङ घाइते भएका थिए भने भविन गुरुङको निधन भएको थियो ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar