• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८० जेष्ठ १६, मंगलबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली subhayug.com धादिङ मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रेशम चौधरीको आममाफीविरुद्ध रिट निवेदन दर्ता

७ घण्टा अघि
२

नवलपुर प्रहरीले बेच्यो बरामद गरिएका दुई सय ७१ सवारीसाधन

७ घण्टा अघि
३

झण्डै साढे ४ करोड भ्रष्टाचार गरेको भन्दै गुणस्तर तथा नापतौल कार्यालयका पूर्ववरिष्ठ निरीक्षकविरूद्ध मुद्दा दायर

८ घण्टा अघि
४

सेयर बजार राताम्मे

८ घण्टा अघि
५

Why Traditional Dating Will Always Overcome Away Algorithms

८ घण्टा अघि
६

‘अखण्ड भारत’को नक्साबाट नेपाल हटाउ भन्न नसके प्रधानमन्त्री किन भारत जानेः ओली

८ घण्टा अघि
७

बजेट कार्यान्वयनमाथिका शंका कामबाट हटाइने अर्थमन्त्री महतको दाबी

८ घण्टा अघि
८

अब हवाई यात्रा गर्दा कोभिड खोप लगाएको प्रमाण नचाहिने

९ घण्टा अघि
९

The Must-Know Tips For an incredible Union

९ घण्टा अघि
१०

महोत्तरीको एनएमबि बैँकमा लुटपाट

९ घण्टा अघि
११

दरबार हत्याकाण्ड र गौर हत्याकाण्डको अनुसन्धान गर्छुः प्रधानमन्त्री

९ घण्टा अघि
१२

नेटफ्लिक्समा पासवर्ड सेयरिङ सुविधा बन्द, पासवर्ड सेयर गर्नुपरे अतिरिक्त शुल्क लाग्ने

१० घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • jagati licence seting १

    आर्थिक चलखेल गरी जगती यातायात कार्यालयमा ऐन विपरित निजी ट्रायल सेन्टरलाई लाईसेन्स परीक्षाको अनुमति

    १ हफ्ता अघि
  • rajendra sir photo २

    निती तथा कार्यक्रम फिर्ता लिनुपर्ने र पुर्नलेखन गर्नुपर्ने आवश्यकता छैन : सांसद पाण्डे

    १ हफ्ता अघि
  • tek narayan pande ३

    भुटानी शरणार्थी प्रकरण : पक्राउ पर्नुअघि नै पूर्व गृहसचिव पाण्डेले मोबाइल फर्म्याट गरेको खुलाशा

    ३ हफ्ता अघि
  • top ४

    एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी पक्राउ : प्रहरीले गोप्य राख्यो सुचना

    ३ हफ्ता अघि
  • EPS-korea-nepal ५

    ईपीएसमार्फत कोरिया जाँदा बढी भाडा तिर्नुभो ? अव एसरी गर्नुहोस् उजुरी !

    ३ हफ्ता अघि
  • nepse ६

    नेप्से निरन्तर घट्दो : कारोबार खुम्चियो

    ३ हफ्ता अघि
  • simrik heli crash ७

    सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटना

    ३ हफ्ता अघि
  • bhutani saranarthi ८

    नक्कली शरणार्थी प्रकरणमा अभियुक्तहरुको बयान : सिंहदरबार र बालुवाटार नै करोड – करोडका लेनदेन गर्ने अखडा

    ६ दिन अघि
  • rajendra silwal ghayal ९

    सलाङघाट

    १ हफ्ता अघि
  • kp oli rajesh १०

    शरणार्थी प्रकरणमा पार्टीको नाम जोडिएपछि झस्कियो एमाले

    ६ दिन अघि
  • पत्रकारितामा निष्ठा धर्मराएको छ : वरिष्ठ पत्रकार भैरव रिसाल

    न्युज डेस्कप्रकाशित मिति: २०८० बैशाख २४, आईतबार (३ हफ्ता अघि)
  • ११५ पाठक संख्या
  • BhairabRisal

    विसं १९८५ मा भक्तपुरमा जन्मिएका वरिष्ठ पत्रकार भैरव रिसाल आजपर्यन्त पनि उत्तिकै सक्रिय हुन । उद्यपि, स्वास्थ्यका कारण हिँडडुल गर्न केही कठिनाइ भए पनि घरमै बसेर लेखपढ गर्दै आजको पत्रकारितालाई नजिकबाट नियालिरहेका छन् । विसं २०२० मा राससमा सेवा प्रवेश गरेका उनी विसं २०४१ सम्म काम गरेर राजीनामा दिइ निस्किएका थिए । राससमा केही वर्ष प्रमुख समाचारदाता रहेका उनी त्यतिबेला देशकै चर्चित पत्रकार मानिन्थे भने अहिले पनि उनी उत्तिकै सक्रिय छन् । सीमित स्रोत र साधनका बीचमा काम गर्नुपर्ने बाध्यताका बीच पनि आफ्नो जीवनको उर्वरशील समय पत्रकारितामा खर्चेर थुप्रै अनुभव सँगादेका उनका विचारले नेपाली पत्रकारिताको इतिहासलाई अझ आधिकारिक र मर्यादित बन्न बल पुग्नेछ । प्रस्तुत छ, राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा नेपाली पत्रकारिताका एक जीउँदो साक्षी बनेका रिसालसँग गरेको कुराकानीको सारसंक्षेपः 

    तपाईंले अभ्यास गरेको बेलाको पत्रकारिता र अहिलेको पत्रकारिताबीच के भिन्नता पाउनुहुन्छ ?

    पहिले पत्रकारिता थियोे, अहिले पत्रकारिता छैन, पहिले पत्रिकामा लेखेको कुरा राज्यले सुन्थ्यो । एउटा घटना सुनाउँ, डिल्लीबजार चारखाल अड्डामा त्यहाँका सिपाहीले शनिबार खसी काटेर भाग लगाएर बेच्दै रहेछन्, म त्यस बेलाको पत्रिका हाँकको कार्यालय जान लागेको थिए, त्यहाँ खलबल सुनियो, शनिबार केको खलबल भन्ने लाग्यो, पत्रकार हुनुको नाताले जिज्ञासा भयो, यसो हेरेको त मासुको भाग लगाइराखेको देखें, मैले अफिसमा गएर कुरा राखे खबर हुन्छ कि हुन्न मलाई थाहा छैन भने, मित्रहरुले लेख भने अनि लेखें । त्यो बक्स न्युज भएर छापिएछ । त्यो भएपछि टङ्कप्रसाद आचार्य आगो हुनुभयो । मलाई बेलाउन पठाउनुभयो, म गएँ । के गरेको यो भनेर जाग्नु भयो, हप्काउनुभयो । मैले तपाईले खास किन बोलाउनुभएको मलाई भनेँ, उहाँले के गरेको भन्नुभयो, ‘मैले त्यही गरेको भएर न तपाईले बोलाउनुभयो, अनि मैले छापेको भनें । यसको अर्थ त्यो बेला पत्रकारिता थियो । अहिले पत्रकारिता छैन । अहिले पत्रिकामा कुनै समाचार छापियो भने प्रधानमन्त्रीले बोलाएर गाली वा माया गर्दैनन् । म त्यसरी हेर्छु ।’

    अहिलेको पत्रकारितालाई कसरी हेर्नुभएको छ ?

    अहिलेको पत्रकारिता नरम छ, पत्रकारिताले जुन चोट दिनुपथ्र्याे अहिले त्यसले चोट हान्दैन । बञ्चरोले रुख काट्नलाई हानेपछि चोट दिनैपर्छ, चोट लाग्नै पर्छ, नत्र रुख काटिँदैन, पत्रकारितामा पनि लेखेको विषयले चोट लाग्नैपर्छ, लाग्ने हुनुपर्छ । अहिलेको पत्रकारितामा त्यो चोट लाग्दैन । अहिले जे जत्रो अक्षरमा लेखे पनि सरकार वा अन्य कुनै निकायले सुन्दैन । त्यतिबेला समाचारको ठूलो महत्व हुन्थ्यो । व्यावसायिक पत्रकारिता भएपछि व्यापारिक पत्रकारिता हुँदोरहेछ ।

    पहिलेको तुलनामा नेपालको पत्रकारिता निकै विकास भएको छ, यसमा यहाँको भनाइ के छ ?

    पैसा कमाउनेले यसै भन्छन्, कहिकाहीँ जागिर जोगाउन पनि भन्न पर्ला । त्यस बेलाको पत्रकारिता पैसा कमाउनलाई होइन, एउटा मिसनका रुपमा गर्ने भन्ने थियो । मैले पत्रकरिता पढेको होइन, त्यो पढेको भए म बिग्रन्थे कि ? गर्दै सिक्दै गरेको मानिस हुँ । तपाई अहिलेसम्म सोध्दै हुनुहुन्छ पत्रकार भनेर ? त्यति बेला मात्र होइन, अहिले पनि त पत्रकार नै रहेछु नि ! तर अब भोलिका दिन यसरी जीवन्त रहन गाह्रो देख्छु ।

    अहिलेको नेपाली पत्रकारिताका चुनौती के हुन् त ?

    अहिलेको पत्रकारिता असाध्यै यान्त्रिक हुँदै गएको छ । सूचना त पाइन्छ तर समाचारको गुदी हुँदैन । अहिलेको पत्रकारिताको चुनौतीबारे हाकाहाकी भन्ने हो भने, पैसा कमाउने पत्रकारिता भयो । एकथरि जागिर खाने पत्रकारिता भयो त्यो छँदैछ । अहिले ठ्याक्कै जागिर खाने र पैसा कमाउनेमा मात्र सीमित भएको छ पत्रकारिता । निजी क्षेत्रका पत्रकार पैसा कमाउन तिर गए, सरकारी चाहि जागिर खानतिर लागे । यसले गर्दा निस्पक्ष पत्रकारिता रहन सकेन । यो नै अहिलेको पत्रकारिताको मुख्य चुनौती हो ।

    अहिलेको पत्रकारितामा सुधार गरी ओज बढाउन यहाँको सुझाव के छ ?

    पत्रकारले पत्रकारिता गरेपछि पत्रकार नै हुनुपर्छ । व्यपार, नाफा नोक्सान हेर्न भएन । जे हुन्छ पत्रकारिता नै गर्नुपर्छ । त्यो भनेको साँचो कुरा नढाँटी दिने हो । सत्यकुरा जस्ताको त्यस्तै दिने हो । जस्ताको त्यस्तै दिनु नै पत्रकारिता हो । साहित्य मिसाएर अलि राम्रो बनाउन खोज्नु बेग्लै कुरा हो ।

    मुलुकमा अहिले विकास भएको मिडिया र सङ्ख्यालाई कसरी हेर्नुभएको छ ?

    समस्या नै यही त हो नि । मिडिया धेरै हुनु पनि एउटा कारक हो । एउटा जिल्लामा एक÷दुईवटा एमएम भए पुग्नेमा १० वटासम्म भएको सुन्छु । यसले गर्दा कर्मचारीले तलब खान पाउँदैन । मिडिया पनि राजनीतिक दल पिच्छे हुन गए । जसले सही सूचना र समाचार पस्कनको साटो जनतालाई भ्रम फैलाउने काम गर्दै आएका छन् । गुप्तचरीका लागि पनि पत्रकारिता प्रयोग गरिएको छ ।

    इन्टरनेटको प्रवेशसँगै पत्रकार बन्ने होड बढ्न थालेको देखिन्छ, यसलाई कसरी हेर्नुहुन्छ ?

    त्यही भएर त बिग्रेको छ नि पत्रकारिता ! प्रविधिले मानिसलाई महाअल्छी बनाएको छ । त्यही छ नि भनेर मेहनत नै गर्न नपर्ने भयो । छान्न पाइयो कुन लिने कुन नलिने भनेर । छान्ने अधिकारले पनि पत्रकारिता चिप्लिएको छ । सङ्ख्यात्मकभन्दा पनि गुणात्मक हुनुपर्ने हो, त्यो गुणात्मकता मिडियाको सङ्ख्यामा पनि छैन र पत्रकारको सङ्ख्यामा पनि छैन ।

    प्रविधिले झन सजिलो बनाएको होइन र ?

    प्रविधिले फड्को मारेको हो, पत्रकारिताले होइन । प्रविधिको प्रयोगले बाठोले फाइदा लिन्छ । अरुले लिन सक्दैन । ठूला मिडियामा भएकै मानिस पनि अनलाइनमा गए । त्यसकारण पछिल्लो कालखण्डमा पत्रकारिता क्षेत्र व्यापक भएको होइन, बिथोलिएको हो । निष्ठा र विश्वास हराउँदै गएको हो । पक्कै पनि प्रविधिले प्राविधिकरुपले सजिलो त बनाएको छ, तर खास पत्रकारिताको ज्यान जोगाउन सकेन ।

    पत्रकारितामा लागेर बाँच्नसक्ने अवस्था छैन भनिन्छ नि ?

    त्यसको औषधि त खै के छर ! मुख्य कुरा भनेको इमान्दारी नै हो । पैसामा नबेचिने हो । त्यो नहँुदा बाँच्न त अप्ठ्यारो नै प¥यो नि हगि ? परिवार होलान् । यो कुरा राष्ट्रको मूल मान्छे अर्थात् नेतृत्व गरेर जसले परिवर्तन गर्न सक्छ, उसले विचार गर्ने कुरा हो । उनीहरुको समस्या हुनुपर्नेमा लेखेर खानेको समस्या हुन गयो ।

    सुधारका लागि कसले नेतृत्व लिनुपर्ला जस्तो लाग्छ यहाँलाई ?

    नेतृत्व अरु कसैले लिने नै होइन, व्यक्ति विशेष आफैँ सप्रनु र सुध्रिनुपर्छ, यसले भन्ने नै छैन । आफैँले हेर्ने हो । तपाई केटाकेटी हुनुहुन्न । हात समातेर हिँड्नुपर्ने अवस्था छैन, कहाँ लडिन्छ वा लडिन्न भन्ने हेर्नुपर्छ । अर्काेले समातेर हिँडाउँदा लडिने सम्भावना बढी हुन्छ । पत्रकारिता क्षेत्रमा प्रयोग भएका नवीनतम प्रविधिको प्रयोग र सहायताले विषयवस्तु खोतल्ने मात्र होइन, अब यस्तो हुनसक्छ भनेर पूर्वानुमानसमेत गर्न थालेको छ, तर केही मिल्छ, केही मिल्दैन । नमिले पनि नोक्सान गर्दैन मिलेमा फलानाले भनेको थियो भन्छन् नि ! अहिले बास्तविकताभन्दा बढ्याइले धेरै काम गरिरहेको छ ।

    पत्रकारिता पेसा मर्यादित र अवसर प्राप्त पेसा हो नि ?

    पत्रकारिता समाजको धुमधाम मर्यादित पेसा हो । समाजले यस्तो लेखेछ भन्छन् । पटाहा तर्सने, असल मानिस प्रोत्साहित हुने त्यो न हो । अहिले त्यो छैन । मैले थाहा पाएसम्म । एउटा मान्छेले प्रधानमन्त्रीलाई चिन्दा दङ्ग हुन्छ । मैले नौ वटा प्रधानमन्त्रीसँग काम गरँे । काम गर्दै जाँदा कोहीसँग राम्रो रह्यो कोहीसँग त्यो हुन सकेन अलग कुरा भयो । तर त्यो मौका त मैले पाएँ नि ? अर्का एउटा प्रोफेसर वा डाक्टरले त पाउँदैन । त्यो मौका मैले पाएँ । पत्रकारले मौका पाउँछ, तर त्यसलाई टिप्न सक्छ कि सक्दैन त्यो अलग कुरा हो ।

    त्यो नहुनुका कारण के हुन सक्छ ?

    नहुनेका कारण भनेका हामी लोभानी पापानीमा फस्यौँ । उसले नि कमायो, अर्कोले नि कमायो, म मात्र के गर्ने भन्ने त्यो अवस्थाले पनि बिगारेको छ । सँगैको साथी मोटर चढछ, म पानीमा झिजेर हिँड्छु भन्ने जस्तो हुँदोरहेछ । त्यसैले निष्ठाको व्रतमा बस्न गाह्रो छ । अवसर हुँदा हुँदै पनि मर्यादामा बस्न नसक्दा नै आज पत्रकारप्रति समाजको हेर्ने दृष्टिकोण राम्रो छैन । हिजो यस्तो थिएन ।

    सरकार र राजनीतिक दल पनि पत्रकारिताको विकासमा चिप्लिएका हुन् ?

    यसमा राजनीतिक दल र सरकारले पत्रकारिता क्षेत्रको विकासका लागि चिप्लिएका मात्र होइन, वेइमानी समेत गरेको अवस्था हो । जस्तो राजनीतिक दलका नेता कुनै घटनामा मुछिँदा परिस्थितिको सामना गर्नुपर्छ, बहादुर र इमान्दारले भागेर हुन्न ।

    मर्यादामा रहेर काम गरिरहेकाले पनि यो पेसामा लाग्न आफ्ना सन्ततिलाई प्रेरित गरिरहेको देखिन्न नि ?

    कति मर्म रहेछ हेर्नुस् त, उसले त्यसो भन्न नपर्ने हो नि ! यस्तो अवस्था आउनु भनेको दुर्भाग्य हो । यो अवस्था हामी पत्रकारले नै ल्यायौँ । राजनीतिवाला यति फटाह भए कि अहिले । पहिले त यस्तो फटाहा थिएनन् । विश्वेश्वर, टङ्कप्रसादजस्ता नेताहरु केही ढाँट्दैनथे । त्यतिबेला उहाँहरुलाई भेट्न पत्रकार आयो भनेपछि चिट पठाउन पर्दैनथ्यो । चिया पनि उनीहरुले खाने बेलामा दिन्थे नत्र दिदैन थिए । पत्रकारिता मर्यादित हुन सम्पूर्ण जगत नै सप्रनुपर्छ । नेपालमा मात्रै सप्रिएर हुन्न । हिन्दुस्थान र चिनमा पनि त्यस्तैछ ।

    अन्त्यमा राष्ट्रिय पत्रकारिता दिवसका सन्दर्भमा यहाँको केही सन्देश छ कि ?

    मुलुकको पत्रकारिता क्षेत्रलाई सपार्न सबैले प्रण गर्नुपर्छ, त्यो खोज्नुपर्छ । सपार्न खोज्ने पत्रकार पत्रकार भएर बाँच्न पाउनुपर्छ । ठूला नाम चलेका पत्रकार र ठूला अखबार विज्ञापन आउने र नआउनेमा भर पर्दाेरहेछ । विज्ञापन दिएमा पक्षमा नदिएमा विरोध गर्ने अनि विपक्षमा लेख्ने हुँदो रहेछ । त्यो नगरौ । प्राप्ति एउटा कुरा हो, ‘डेलिभरी’ अर्काे कुरा हो । डेलिभरीलाई प्राप्तिसँग दाँज्न हुँदैन । मैले के पाएँ र पक्षमा दिने केही पाइन भनेर विपक्षमा लेख्ने नगर्ने हुनुपर्छ । साँचो कुरा दिँदा जे हुन्छ, त्यही हुन्छ । यसो हुन सक्यो भने मात्रै भविष्यमा पनि पत्रकारिता दिवसको सन्दर्भिकता रहन सक्छ ।

  • subhayug
  • भैरव रिसाल
  • वरिष्ठ पत्रकार
  • प्रतिक्रिया दिनुहोस
    अन्तरर्वार्ता सम्बन्धि थप
  • रेशम चौधरीको आममाफीविरुद्ध रिट निवेदन दर्ता

  • नवलपुर प्रहरीले बेच्यो बरामद गरिएका दुई सय ७१ सवारीसाधन

  • झण्डै साढे ४ करोड भ्रष्टाचार गरेको भन्दै गुणस्तर तथा नापतौल कार्यालयका पूर्ववरिष्ठ निरीक्षकविरूद्ध मुद्दा दायर

  • सेयर बजार राताम्मे


  • समाचार
  • १

    रेशम चौधरीको आममाफीविरुद्ध रिट निवेदन दर्ता
    ७ घण्टा अघि

  • २

    नवलपुर प्रहरीले बेच्यो बरामद गरिएका दुई सय ७१ सवारीसाधन
    ७ घण्टा अघि

  • ३

    झण्डै साढे ४ करोड भ्रष्टाचार गरेको भन्दै गुणस्तर तथा नापतौल कार्यालयका पूर्ववरिष्ठ निरीक्षकविरूद्ध मुद्दा दायर
    ८ घण्टा अघि

  • ४

    सेयर बजार राताम्मे
    ८ घण्टा अघि

  • ५

    Why Traditional Dating Will Always Overcome Away Algorithms
    ८ घण्टा अघि

  • ६

    ‘अखण्ड भारत’को नक्साबाट नेपाल हटाउ भन्न नसके प्रधानमन्त्री किन भारत जानेः ओली
    ८ घण्टा अघि

  • ७

    बजेट कार्यान्वयनमाथिका शंका कामबाट हटाइने अर्थमन्त्री महतको दाबी
    ८ घण्टा अघि

  • ८

    अब हवाई यात्रा गर्दा कोभिड खोप लगाएको प्रमाण नचाहिने
    ९ घण्टा अघि

  • ९

    The Must-Know Tips For an incredible Union
    ९ घण्टा अघि

  • १०

    महोत्तरीको एनएमबि बैँकमा लुटपाट
    ९ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    rajendra sir photo
    १ हफ्ता अघि

    निती तथा कार्यक्रम फिर्ता लिनुपर्ने र पुर्नलेखन गर्नुपर्ने आवश्यकता छैन : सांसद पाण्डे

    सामाजिक सञ्जालबाट
    १

    पोखरीमा डुबेर ६ जना बालबालिकाको ज्यान गयो

    शुभयुग सम्वाददाता
    २

    भारतको जम्मुमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

    शुभयुग सम्वाददाता
    ३

    श्रीलङ्काले मेको अन्त्यबाट साप्ताहिक इन्धन कोटा बढाउने

    शुभयुग सम्वाददाता
    ४

    एर्दोगान टर्कीको राष्ट्रपतिमा पुनः विजयी

    शुभयुग सम्वाददाता
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution