२०८१ आश्विन २७, आईतबार
काठमाडौं– प्रहरीले विराटनगरबाट अवैध ५४ तोला सुन र साढे सात लाख भारतीय रुपैयाँ बरामद गरेको छ । प्रहरीले सुन र नगदसहित कारोबारमा संलग्न २ जनालाई पनि पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतीय नागरिक विनोद मुरारका र उनकी श्रीमती पुष्पा मुरारका छन् । विनोद मुरारका विराटनगरको केएल दुगर समूहका लेखापाल हुन् ।
पुष्पा भने नेपाली नागरिक हुन् । उनीहरूको साथबाट ८ किलो चाँदी पनि बरामद भएको छ । प्रहरीले उनीहरूलाई शुक्रबार साँझ पक्राउ गरेको हो ।
को २ च १४९५ नम्बरको कारमा भारत लैजाने प्रयास गर्दा उनीहरू पक्राउ परेका हुन् । बरामद सुन र चाँदीको मूल्य ९० लाख बराबरको रहेको छ । कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले दिएको जानकारी अनुसार थप अनुसन्धान भइरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar