२०८१ आश्विन ३०, बुधबार
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नक्कली भुटानी शरणार्थी प्रकरणतर्फ लक्षित गर्दै भ्रष्टाचारका ठूला फाइलहरू खुल्दै जाने बताएका छन् ।
नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले उनले आज देखिरहेको ट्रेलर मात्रै भएको र केहीदिनमा सिङै फिल्म देखिने बताएका हुन् ।
‘केही दिन अगाडि मैले अब भ्रष्टाचारीहरूको फाइल खोलिन्छ । कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन्न भनेको थिए । आज तपाईँहरूले देखिरहनुभएको छ, यो ट्रेलर मात्रै हो। हेर्दै जानुहोस् सिङै फिल्म देखिन्छ’ उनले भने ।
उनले ठूला भ्रष्टाचारका फाइल खोल्दा घेराबन्दीमा पार्ने र दबाब, धम्की आउने गरेको बताउँदै जनताको साथ भएमा सरकारले त्यसको सामना गर्ने बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar