२०८१ आश्विन ३०, बुधबार
काठमाडौं– दार्चुलामा पाँच दिनअघि हिमपहिरोमा हराएका दुई जनाको अवस्था अझै अज्ञात छ ।
मंगलबार ब्यास गाउँपालिका–१ भोलुङमा हिमपहिरोमा बेपत्ता भएका ५ जना मध्ये ३ जनाको शव फेला परेपनि दुई जनाको अवस्था अझै अज्ञात रहेको हो ।
दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार बुधबार फेला परेका तीन जनाको शव ब्यास गाउँपालिका–१ छाङरुबाट बिहीबार भारतीय बाटो हुँदै शुक्रबार सदरमुकाम खलङ्गा ल्याइएको थियो । हराइरहेका दुई जनाको खोजी कार्य जारी रहेको उनले बताइन् ।
डोटीको जोरायल गाउँपालिका–२ बुडरकी २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमी सोमो थापाको अवस्था अझै पनि अज्ञात छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar