२०८१ आश्विन ३०, बुधबार
काठमाडौं– कास्कीको अन्नपूर्ण गाउँपालिका–३ मा रहेको रुप्से झरना अवलोकन गर्ने क्रममा चिप्लिएर आज एक जनाको मृत्यु भएको छ ।
काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१ चपली बस्ने ५६ वर्षीय वसन्त भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका प्रहरी निरीक्षक किरण लामाका अनुसार ढुङ्गाबाट चिप्लिएर ३० मिटर तल खस्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका भण्डारीलाई बेनी अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो ।
रुप्से झरना अवलोकन गर्ने क्रममा उनी ढुङ्गामा चिप्लिएर खसेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar