२०८१ आश्विन २७, आईतबार
काठमाडौं– बैतडीको पाटन नगरपालिकाले जिल्लामै पहिलोपटक सहिद र बेपत्ता परिवारको निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरेको छ ।
नगरपालिकाभित्र रहेका १५ सहिद र बेपत्ता परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको नगर उपप्रमुख कमलसिंह बोहराले जानकारी दिए ।
नौ सहिद परिवार र छ बेपत्ता परिवारको नगरपालिकाले बीमा गरिएको हो । स्वास्थ्य बीमा बोर्डसँगको समन्वयमा नगरपालिकाले बीमा गरिदिएको हो । पन्ध्र परिवारको रु तीन हजार पाँच सयका दरले स्वास्थ्य बीमावापतको प्रिमियम शुल्क नगरपालिकाले व्यहोर्ने उपप्रमुख बोहराले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar