२०८१ आश्विन ३०, बुधबार
काठमाडौं– पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले नेपालीलाई नक्कली भुटानी शरणार्थीलाई बनाएर विदेश पठाउने प्रकरणमा आफू संलग्न नभएको दाबी गरेका छन् ।
आज एक विज्ञप्ति जारी गर्दै उनले यस ठगी प्रकरणमा संलग्नता नभएको जानकारी दिएका हुन् ।
‘आधारहिन, तथ्यहिन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्यौल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार संप्रेशित नगरी दिनुहुन अनुरोध छ,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रहरीले यस घटनामा ९ जनालाई पक्राउ गरिसकेको छ । अनुसन्धानको क्रममा प्रहरीले पूर्वगृहचिव टेकनारायण पाण्डेलाई पनि पक्राउ गरेको छ ।
उनी गृहसचिव हुँदा खाण गृहमन्त्री थिए । प्रहरीले अर्का पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पनि पक्राउ गरेको छ ।
यस्तै नेकपा एमालेका सचिव समेत रहेका टोपबहादुर रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी छ । उनी हाल फरार छन् । उनका छोरा सन्दीपलाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar