२०८१ आश्विन ३०, बुधबार
धादिङ – धादिङको नीलकण्ठ – ४ अल्छीडाँडामा नाइट भिजन हेलिप्याड निर्माण गरिने भएको छ।
शुक्रबार विपत् पूर्वतयारी र प्रतिकार्यका लागि विपतबाट हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यले ‘अभ्यास मनसुन – ३’ को संयुक्त अभ्यास कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिका महासंघका अध्यक्ष एवं नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगानाले नमुना अभ्यास गरिएको मैदानमा नाइटभिजन हेलिप्याड निर्माण गरिने बताएका हुन् ।
‘भौगोलिक हिसाबले धादिङ डाँडाकाँडा धेरै, समथर भूभाग कम भएको जिल्ला हो,’ उनले भने, ‘वर्षा लागेसँगै पहिरो कुन बेला खस्ने हो ? हाम्रो ज्यान बच्छ कि बच्दैन भन्ने चिन्ता हुन्छ।’ विगतमा जिल्ला सदरमुकाम धादिङबेँसी आइपुगेका बिरामी समयमै धादिङबाहिरका ठूला अस्पतालमा पुर्याउन नसक्दा अकालमै ज्यान गुमाएका उल्लेख गर्दै उनले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन नाइटभिजन हेलिप्याड बनाउने योजना बनेको बताए।
यथाशीघ्र लागत स्टीमेट तयार गरी अन्यत्रका नाइटभिजन हेलिप्याड अवलोकन गरेर तत्काल यहाँ निर्माण कार्य थालनी गर्ने प्रमुख ढुंगानाले बताए।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar