काठमाडौं– घुस लिन महोत्तरीदेखि काठमाडौं आइपुगेका प्रहरीका एक सई पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सई विनोद विष्टलाई बुधबार पक्राउ गरेको हो ।
उनको साथबाट अख्तियारको टोलीले घुस बापतको ५० हजार नगद र १ लाख रुपैयाँ चेक बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत विष्टले भवन निर्माणसम्बन्धी ठेक्काको म्याद थपका लागि सहजीकरण गरिदिने भन्दै घुस मागेको उजुरी परेको थियो ।
सोही घुस लिन उनी महोत्तरीदेखि आएकामा बानेश्वरबाट पक्राउ परेको अख्तियार प्रवक्ता भोला दाहालले जानकारी दिए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar