२०८१ आश्विन ३०, बुधबार
काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेताले पाउनु पर्ने नगद पुरस्कार वापत हालसम्म १ करोड ४२ लाख २० हजार रुपैयाँ सम्बन्धित खेलाडीको खातामा पठाएको छ ।
राखेपले बिहीबार हालसम्म १ करोड ४२ लाख २० हजार रुपैयाँ हालसम्म सम्बन्धित खेलाडीको खातामा पठाएईको जनाएको छ । ८ सय ४० स्वर्णका लागि जम्मा १ करोड ५६ लाख ४० हजार रुपैयाँ दिनु पर्नेमा हालसम्म ७ सय ६४ स्वर्ण पदकका लागि हालसम्म १ करोड ४२ लाख २० हजार रुपैयाँ खेलाडीकै खातामा पठाइएको हो ।
राखेप अन्तर्गत आर्थिक प्रशासन शाखाका अनुसार ७६ स्वर्णका लागि १४ लाख २० हजार रुपैयाँ वितरण गर्न बाँकी छ । खेलाडीको खाता यकिन गर्न कठिनाइ भएकोले पुरस्कार रकम निकासामा समस्या भएको राखेपले जनाएको छ ।
हालसम्म नगद पुरस्कार प्राप्त गर्न असमर्थ खेलाडीले आर्थिक प्रशासन शाखाको ०१–५३५०८८७ वा ९८४४३९६८८५ मा सम्पर्क गरी बुझ्न सकिने राखेपले जनाएको छ ।
नवौं राष्ट्रिय खेलकुदमा व्यक्तिगत स्पर्धाका स्वर्णधारीलाई २५ हजार तथा समूहगत स्पर्धामा स्वर्ण जित्नेलाई १५ हजार नगद पुरस्कार प्रदान गर्ने घोषणा गरिएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar