• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ ९, शुक्रबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

राहदानी ऐन संशोधनमा परराष्ट्र मन्त्रालयले माग्यो सुझाव

१६ घण्टा अघि
२

शेयर बजार १९ अंकले उकालो, ९ अर्ब ८२ करोडको कारोबार

१७ घण्टा अघि
३

तीनकुने हिंसा: दुर्गा प्रसाईँसहित ५३ जनालाई थप दुई दिन हिरासतमा

१७ घण्टा अघि
४

दक्षिण अफ्रिकालाई ट्रम्पको चेतावनीपूर्ण आरोप

१७ घण्टा अघि
५

त्रिभुवन विमानस्थलमा भारतीय नागरिक गाँजासहित पक्राउ

१८ घण्टा अघि
६

डब्लूएचओ सभामा सांसद गौतमको स्वास्थ्य सम्बन्धी आह्वान

१९ घण्टा अघि
७

श्रीअन्तुमा राष्ट्रिय चलचित्र पत्रकार सम्मेलन सुरु, पत्रकारहरू सम्मानित

१९ घण्टा अघि
८

टोल टोलमा अभिभावक शिक्षा दिदै वेनिघाट रोराङ गाउँपालिका

२० घण्टा अघि
९

सौर्य गतिविधि बढ्दा नासाको सतर्कता आग्रह

२१ घण्टा अघि
१०

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ

२२ घण्टा अघि
११

विद्युत् प्राधिकरणको निजीकरणविरुद्ध नेकपा (बहुमत)को ज्ञापनपत्र

२२ घण्टा अघि
१२

तीन निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा

२२ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    ३ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    ३ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    ३ हफ्ता अघि
  • rajendra sir photo ४

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    ५ दिन अघि
  • deuba and janardan ५

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    ६ दिन अघि
  • oli with us ldr ६

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    ३ हफ्ता अघि
  • gagan dai ७

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    ३ हफ्ता अघि
  • hariharpur gadhi ८

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    १ हफ्ता अघि
  • cpn us sachiwalaya baithak ९

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    ३ हफ्ता अघि
  • anema sangh १०

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    ६ दिन अघि
  • सामुदायिक वन ध्वस्त पारेर कांग्रेस पार्टी कार्यालयको शिलान्यास : सांसद, मेयर र वन अध्यक्ष सम्लग्न

    शुभयुग संवाददाताप्रकाशित मिति: २०८० बैशाख २१, बिहिबार (२ साल अघि)
  • ४४३ पाठक संख्या
  • conghress party ofc

    धनगढी – कैलालीको गोदावरी नगरपालिकास्थित सुरक्षा महिला सामुदायिक वनमा नेपाली कांग्रेसको पार्टी कार्यालयको शिलान्यास गरिएको छ ।

    गोदावरी – १ स्थित सुरक्षा महिला सामुदायिक वनमा कांग्रेस क्षेत्र नं ४ को क्षेत्रीय पार्टी कार्यालयको शिलान्यास भएपछि अहिले त्यसको सामाजिक सञ्जालमा चर्को विरोध भएको हो । कांग्रेसका प्रदेश सभापति तथा कैलाली क्षेत्र नं ४ बाट संघीय सांसद बीरबहादुर बलायरले बुधबार एक कार्यक्रमबीच पार्टी कार्यालय (बिपी स्मृति भवन को शिलान्यास गरेका थिए। उनले आफैंले फेसबुकमा तस्बिरसहितको स्टाट्स हाल्दै क्षेत्रीय पार्टी कार्यालय शिलान्यासको जानकारी दिएका हुन्।

    शिलान्यास कार्यक्रममा गोदावरी नगरपालिकाका मेयर विरेन्द्र भट्ट र सामुदायिक वनकी अध्यक्ष लक्ष्मी भण्डारी पनि उपस्थित थिए। मेयर भट्ट नेपाली कांग्रेसबाट जितेका जनप्रतिनिधि हुन् भने सामुदायिक वनकी अध्यक्ष भण्डारी पनि कांग्रेसकी क्रियाशिल सदसय हुन्। सोमबार सब डिभिजन वन कार्यालय अत्तरियाले गोदावरी नगरपालिकाकै डोजरको सहयोगमा नजिकै रहेका महिला सामुदायिक वन र बडिमालिका सामुदायिक वन अतिक्रमण गरी बसेका ४५० घर टहराहरू हटाएको थियो। सुकुम्बासीका नाममा कब्जा गरिएको भन्दै टहरा हटाएपछि उनीहरूको अहिले सडकको बास भएको छ।

    सामुदायिक बनमा बसेका गरिब निमुखाहरूलाई डोजर चलाएर हटाएकै भोलिपल्ट, सत्ता गठबन्धनको मुख्य दल नेपाली कांग्रेसले नै सामुदायिक वन मिचेको भन्दै सामाजिक सञ्जालमा त्यसको चर्को विरोध भएको छ। गोदावरीकै कैलाश जोशीले आक्रोस ब्यक्त गर्दै सामाजिक सञ्जालमा लेखेका छन, ‘सुकुम्बासीहरूको ब्यवस्थापन नगरेरै टहरा भत्काउने गोदावरी नगरपालिकाले सामुदायिक बनको जग्गा अतिक्रमण गरेर पार्टी कार्यालय शिलान्यास गराएको छ। सुकुम्बासी हटाउने तर पार्टी कार्यालय खोल्ने? यो कुन नैतिकताले दियो?’

    गोदावरी नगरपालिकाकै टेक विकले पनि स्टाटस हाल्दै गरिब निमुखालाई हटाउने तर पावर भएकाले बन अतिक्रमण गर्न पाउँदैन भनेर स्टाट्स हालेका छन्। ‘सुकुम्बासीको बास ब्यवस्थापन नगरिकनै टहरा भत्काउने नगरपालिकाले, वडा नम्बर १ का वडाध्यक्षकै उपस्थितिमा कांग्रेसको पार्टी कार्यालय सिलान्यास गरेको छ। यसको छानविन होस्,’ विकले भनेका छन। सोमबार सुकुम्बासीका घर हटरा हटाउने बेला बालबालिका रोएका, वृद्धवृद्धालाई प्रहरीको भ्यानमा बोकेर हालेका, डोजरलाई अंगालो हालेका कारुणिक भिडियो सार्वजनिक भएका थिए। पानी परिरहेका बेला अमानवीय तरिकाले सुकुम्बासी हटाएको पनि विरोध भएको थियो।

    सामुदायिक वनकी अध्यक्ष लक्ष्मी भण्डारीले कांग्रेसका नेताहरूले माथिबाटै भोगाधिकार ल्याइहाल्छौं भनेपछि शिलान्यास गर्न दिएको बताइन्। ‘नेताहरूले माथिबाटै भोगाधिकार ल्याउँछौं भन्नुभयो। अनि मैले पनि ठीकै छ भने,’ उनले भनिन्। तर उनले भोगाधिकारका लागि सिफारिस भने अहिलेसम्म नगरेको बताइन्। सामुदायिक वनको जग्गा भोगाधिकारका लागि सम्बन्धित सामुदायिक वनले जिल्ला वनलाई सिफारिस गर्ने, जिल्ला वनले मन्त्रालयलाई सिफारिस गर्ने र मन्त्रालयले मन्त्रिपरिषद्मा लगेर मन्त्रिपरिषद्को निर्णयपछि मात्रै लिन पाउने प्रावधान छ।

    ‘वनका विषयमा सरकारी नीति एउटै हुनुपर्छ। गरिबलाई हटाउने, पहुँच र पावरको बलमा वन अतिक्रमण गर्न दिनु हुँदैन, नेकपा एमाले गोदावरी अध्यक्ष गोकर्ण भट्टले भने। वन क्षेत्र अतिक्रमण गर्न माननीय नै पुगेको कुराले लज्जाबोध भइरहेको उनको भनाइ छ। उनले भवन निर्माणको कार्य तत्काल बन्द हुनुपर्ने बताए। प्रदेश सरकारको बजेटमा बीपी स्मृति भवन निर्माण प्रक्रिया भइरहेको नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ का सभापति ललित रोकायाले बताए। ‘बीपी स्मृति भवन बनाउनै नपाइने भन्ने पनि होइन नि,’ उनले भने, ‘यस अघिबाटै हामीले त्यहाँ वृक्षारोपण गर्दै आइरहेका छौं। यो अघिल्लो वर्षको बजेट हो।’

    सब डिभिजन वन कार्यालय अत्तरियाका प्रमुख निराजन कडालले पनि वन क्षेत्रभित्र कुनै पनि संरचना निर्माण गर्न नपाइने बताए। ‘मैले आजमात्रै थाहा पाएँ। त्यसबारेमा मलाई कुनै जानकारी थिएन। त्यसलाई रोक्नका लागि सामुदायिक वनलाई लिखित पत्र लेखिसकेको छु,’ कडालले भने।

  • Congress
  • subhayug
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • राहदानी ऐन संशोधनमा परराष्ट्र मन्त्रालयले माग्यो सुझाव

  • शेयर बजार १९ अंकले उकालो, ९ अर्ब ८२ करोडको कारोबार

  • तीनकुने हिंसा: दुर्गा प्रसाईँसहित ५३ जनालाई थप दुई दिन हिरासतमा

  • दक्षिण अफ्रिकालाई ट्रम्पको चेतावनीपूर्ण आरोप


  • समाचार
  • १

    राहदानी ऐन संशोधनमा परराष्ट्र मन्त्रालयले माग्यो सुझाव
    १६ घण्टा अघि

  • २

    शेयर बजार १९ अंकले उकालो, ९ अर्ब ८२ करोडको कारोबार
    १७ घण्टा अघि

  • ३

    तीनकुने हिंसा: दुर्गा प्रसाईँसहित ५३ जनालाई थप दुई दिन हिरासतमा
    १७ घण्टा अघि

  • ४

    दक्षिण अफ्रिकालाई ट्रम्पको चेतावनीपूर्ण आरोप
    १७ घण्टा अघि

  • ५

    त्रिभुवन विमानस्थलमा भारतीय नागरिक गाँजासहित पक्राउ
    १८ घण्टा अघि

  • ६

    डब्लूएचओ सभामा सांसद गौतमको स्वास्थ्य सम्बन्धी आह्वान
    १९ घण्टा अघि

  • ७

    श्रीअन्तुमा राष्ट्रिय चलचित्र पत्रकार सम्मेलन सुरु, पत्रकारहरू सम्मानित
    १९ घण्टा अघि

  • ८

    टोल टोलमा अभिभावक शिक्षा दिदै वेनिघाट रोराङ गाउँपालिका
    २० घण्टा अघि

  • ९

    सौर्य गतिविधि बढ्दा नासाको सतर्कता आग्रह
    २१ घण्टा अघि

  • १०

    रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ
    २२ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    harihar sibir
    ३ दिन अघि

    सिन्धुलीको हरिहरपुरगढीमा एकीकृत घुम्ती शिविर सुरु

    सामाजिक सञ्जालबाट
    १

    दक्षिण अफ्रिकालाई ट्रम्पको चेतावनीपूर्ण आरोप

    subhayug
    २

    सौर्य गतिविधि बढ्दा नासाको सतर्कता आग्रह

    subhayug
    ३

    भिन्सियससम्बन्धी डकुमेन्ट्रीमा विवाद

    subhayug
    ४

    संवेदनहीन अभिव्यक्तिपछि जापानी कृषिमन्त्रीको राजीनामा

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution