२०८१ आश्विन ३०, बुधबार
काठमाडौं– एसीसी प्रिमियर कप क्रिकेटमा यूएईलाई पराजित गरेका खेलाडीलाई सरकारले प्रोत्साहनस्वरुप जनही ६ लाख रुपैयाँ दिने भएको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सञ्चारकर्मीहरूलाई जानकारी दिइन् । उनका अनुसार टिमका अफिसियलहरूलाई पनि जनही ३ लाख रुपैयाँ दिने निर्णय भएको छ ।
मंगलबार सम्पन्न प्रिमियर कपको फाइनलमा नेपाली टिमले यूएईलाई हराएको थियो। त्यससँगै नेपाल एसिया कप क्रिकेटमा छनोट भएको छ ।
मन्त्रिपरिषद बैठकले कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आवश्यक बजेट व्यवस्थापन गर्ने निर्णय पनि गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar