२०८१ आश्विन २७, आईतबार
धादिङ– पृथ्वी राजमार्गमा सवारी आवागमन फेरी ठप्प बनेको छ । धादिङको धार्केस्थित गणेश खोला पुल नजिकै फेरी भ्वाङ पर्ने र सडक भासिएपछि राजमार्ग अवरुद्ध बनेको हो ।
धुनिवेशी नगरपालिका वडा नं. ६ र थाक्रे गाउँपालिका वडा नं. ८ को सिमाना जोड्ने गणेश खोला पुल नजिकै सडक भासिएपछि ग्याविन जाली लगाएर एकतर्फी सवारी आवागमन गरिएको थियो । सोहि स्थान नजिकै सडक भासिएर भ्वाङ परेपछि अहिले दुबै तर्फी सवारी आवागमन बन्द रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक शन्तुलाल प्रसाद जैसवारले बताए ।
सोमबार करिव अपरान्ह्र ४ वजेदेखि ठप्प बनेको राजमार्ग १८ घण्टापछि हिजो (मंगलबार) विहान करिव १० वजेदेखि एकतर्फी खुलेको डिएसपी जैसवारले बताए । एक दिन पछि पुनः राजमार्ग ठप्प बनेको छ । उनले भने,–‘यति समयमा राजमार्ग खुल्छ भन्न सकिदैन ।
अहिलको तत्कालको विकल्प भनेको वैकल्पिक मार्ग अपनाउनु नै हो । पश्चिम तफैका लागि नागढुंगाबाट त्रिभुवन राजपथहुदै हेटौडा, हेटौडादेखि कुलेखानी फर्किङहुदै काठमाडौं, त्यस्तै अर्काे मार्ग बालाजु बाइपासबाट नुवाकोट हुदै गल्छिको बाटो प्रयोग गर्न सकिन्छ’, उनले भने ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar