२०८१ आश्विन ३०, बुधबार
काठमाडौं– लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् । प्रदेशसभामा ८ दलका ५२ र एक स्वतन्त्र गरी ५३ जना सांसदले उनलाई विश्वासको पक्षमा मत दिएका हुन् ।
मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री नियुक्त भएको ६ दिनमा आजको प्रदेशसभामा उनले विश्वासको मत लिएका हुन् ।
विश्वासको मतको विपक्षमा उभिनेमा एमाले एक्लै रहेको थियो । एमालेका २९ सांसदले मात्र चौधरीको विपक्षमा मत हालेका थिए । ४ सांसद रहेको राप्रपा भने मत नदिएर तटस्थ बस्यो ।
विश्वासको मत पाएलगत्तै उनले अब सरकारलाई पूर्णता दिने योजना बनाएको बताएका छन् । हाल उनको मन्त्रीमण्डलमा नेकपा माओवादीबाट धनबहादुर मास्की, लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डे र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी मन्त्री छन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम चौधरी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar