२०८१ आश्विन ३०, बुधबार
काठमाडौं– एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र यूएईबीचको फाइनल खेल भइरहेको छ । नेपालले जितका लागि १ सय १८ रनको लक्ष्य पछ्याएको छ ।
नेपालले तीन विकेट गुमाएको छ । नेपालका कुशल भुर्तेल ८ बलमा एक रन तथा कप्तान रोहित पौडेल ९ बलमा १ रन बनाएर आउट भए । त्यस्तै, आशिफ शेख १० बलमा ८ रन जोड्दै आउट भए । यसअघि यूएई ३३ ओभर १ बलमा १ सय १७ रनमा अलआउट भयो । नेपालले ११ ओभरमा तीन विकेट गुमाएर २७ रन बनाएको छ । अहिले भीम सार्की र गुल्सन झा खेलिरहेका छन् ।
फाइनल खेल हिजो जुन अवस्थामा पुगेर रोकिएको थियो, आज त्यहीँबाट सुरु भएको थियो । कीर्तिपुर मैदानमा हिजो खेल रोकिनुअघि पहिला ब्याटिङ गरिरहेको यूएई २७ ओभर ३ बलमा ९ विकेट गुमाएर १ सय ६ रनको सामान्य अवस्थामा थियो ।
आज अन्तिम विकेटका रुपमा यूएईका जुनैद सिद्दिक आउट भए । नेपालका ललित राजवंशीले विकेट लिए । आज पनि पानी पर्ने पूर्वानुमान गरिएको छ । वर्षाले खेल रोकिएमा ओभर घटाएर खेलाइनेछ । ओभर घटाएर पनि खेल सम्भव नभए सुपर ओभर खेलाइनेछ ।
सुपर ओभर पनि हुन नसक्ने अवस्थामा भने एकदिवसीय अन्तर्राष्ट्रिय वरीयताको आधारमा नेपाल विजेता हुनेछ र आउँदो सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुनेछ । एकदिवसीय वरीयतामा नेपाल १४औँ तथा यूएई १९औँ नम्बरमा छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar