२०८१ आश्विन ३०, बुधबार
काठमाडौं– सडक भासिएपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग खुलाउने प्रयास भइरहेको छ । हिजो दिउँसो ४ बजे धादिङको धार्केमा गणेश खोला पुल नजिकै सडक भासिए पछि पृथ्वी राजमार्ग ठप्प भएको हो ।
भासिएको भागमा पर्खाल लगाउने र भ्वाङ परेको ठाउँमा माटोले पुर्नेलगायतको काम भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।
सडक मर्मतका लागि हिजैदेखि नेपाली सेना खटिएको छ । सेना र सडक विभागका कर्मचारीले रातभर झण्डै १० फिट तलबाट ग्याबियन वायर लगाइ माटो ढुङ्गाले भर्ने काम गरिरहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।
अवरुद्ध सडक खुलाउन बिहानदेखि सेनाको थप फौज परिचालन गरिएको पनि उनले बताए । प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार सडक बिहान १०–११ बजेसम्म एकतर्फी मात्रै भए पनि खुलाउने गरी प्रयास भइरहेको छ ।
हिजो दिउँसोदेखि नै सडक ठप्प हुँदा यात्रुको भने बिचल्ली भएको छ । १७ घण्टादेखि यात्रु अलपत्र परेका छन् । आज सडक खुले पनि दिनभरजसो नै यो क्षेत्रमा चाप पर्ने सम्भावना छ । सडकको दुईतर्फी नै गाडीको लामो लाइन लागेकाले लामो जाम छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar