२०८१ आश्विन ३०, बुधबार
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा रवि लामिछाने चुनिएका छन् । आज बसेको संसदीय दलको बैठकले पार्टी सभापति समेत रहेका लामिछानेलाई दलको नेता चयन गरेको हो ।
त्यसअघि बसेको केन्द्रीय समिति बैठकले लामिछानेलाई दलको नेता बनाउन प्रस्ताव गरेको थियो । त्यसअनुसार नै सर्वसम्मत रुपमा लामिछानेलाई दलको नेता चयन गरिएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
मंसिर २०७४ को चुनावमा २० सिट जितेको रास्वपामा लामिछाने नै संसदीय दलको नेता चुनिएका थिए । तर नागरिकता विवादमा सर्वोच्च अदालतले सांसद पद खारेज गरेपछि डीपी अर्याल दलको नेता भए । १० वैशाखको उपचुनावमा लामिछाने चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएपछि अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar