धादिङ– पृथ्वी राजमार्ग अन्तरगत धादिङको धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेश खोला पुल नजिकै भासिए पछि पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ ।
सडकको बिच भागमा ठूलो भ्वाङ परेको र धुनिबेशी नगरपालिका ६ धार्केतर्फ गणेश खोला पुल नजिकै सडक भासिएपछि राजमार्गमा सवारी पुर्ण रुपमा ठप्प भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तु जैसवालले बताए । अहिले दुवै तर्फ सवारी बन्द छ ।
उनले भने,– ‘नगरपालिका र गाउँपालिका सहित सडक सुचारु गर्न र वैकल्पिक बाटो खोज्न लागिरहेका छौं । भासिएको ठाउँ नआइसकेका सवारीहरु चितवन र नुवाकोट भएर जान सक्ने र गणेश पुल नजिकै आइसकेका साना सवारीलाई वैकल्पिक बाटोबाट पास गराउने प्रयास भैरहेको छ । नियमित रुपमा झै पृथ्वी राजमार्ग भएर सूचारु गर्न चाँहि समय लाग्छ । यति समयमा भन्न सकिन्न’, उनले भने ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar